You are viewing the translated version of भन्सार सहयोग सम्बन्धी सम्झौता गर्न सक्ने.

Section 89A
भन्सार सहयोग सम्बन्धी सम्झौता गर्न सक्ने
(१) नेपाल सरकारले व्यापार सहजीकरण, भन्सार सम्बन्धी पारस्परिक सहयोग एवं सूचना आदान-प्रदान गर्नका लागि विदेशी मुलुकसँग सम्झौता गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको कार्यको लागि महानिर्देशकले सक्षम अधिकारीको रूपमा कार्य गर्नेछ ।

(३) सन्धि सम्बन्धी प्रचलित नेपाल कानूनको अधीनमा रही महानिर्देशकले यस दफा बमोजिमको सम्झौताका सम्बन्धमा अर्को मुलुकको सक्षम अधिकारीसँग वार्ता गर्न वा सम्झौताको अन्तिम मस्यौदा वा प्रामाणिक प्रति स्वीकार गर्न सक्नेछ ।